मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अनुमति नलिई डोल्पा पुगेका ६ भारतीय पर्यटकलाई जरिवानासहित कारबाही

nepalviews.com · Mon Nov 02 13:13:50 UTC 2026

सुर्खेत । डोल्पाको माथिल्लो क्षेत्रमा आवश्यक अनुमति नलिई प्रवेश गरेका र प्रतिकूल मौसमसम्बन्धी सूचना तथा चेतावनीको बेवास्ता गर्दै जोखिमपूर्ण यात्रा गरेका ६ जना भारतीय पर्यटकलाई जरिवानासहित कारबाही गरिएको छ ।

शे–फोक्सुण्डो गाउँपालिका–४ बाट सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएका भारतीय पर्यटकलाई नियमानुसार अनुमति शुल्क र जरिवाना असुल गरी कारबाही गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)