मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मझिमटारमा निर्माण कार्य नसकिएपछि फेरि दुई घण्टा पृथ्वी राजमार्ग बन्द हुने

annapurnapost.com · Mon Nov 02 13:14:07 UTC 2026

धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ स्थित मझिमटारमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि पृथ्वी राजमार्गमा पुनः सवारी आवागमन बन्द गरिने भएको छ।

आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म दुई घण्टा राजमार्ग बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। यसअघि नागढुंगा-मुग्लिन सडक योजना (पश्चिम खण्ड)ले सोमबार बिहान ११ बजेदेखि मंगलबार बिहान २ बजेसम्म सडक बन्द गरेर निर्माण कार्य गर्ने तालिका बनाएको थियो। तर, निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि पुनः दुई घण्टा सवारी आवागमन रोक्न लागिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)