मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धन गर्न ‘एनआरबी फिन्टेक इनोभेशन शोकेस’ कार्यक्रम सम्पन्न

corporatenepal.com · Mon Nov 02 13:09:51 UTC 2026

काठमाडौं । प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धन र फिन्टेकमा आधारित उदीयमान नवप्रवर्तनलाई प्रदर्शन गर्ने उद्देश्यका साथ 'NRB Fintech Innovation Showcase Event 2026' आज काठमाडौंमा सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागले बालुवाटारस्थित बैंक परिसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धनलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राख्दै आएकोबारे जानकारी दिनुभयो । फिन्टेकको विस्तारसँगै सिर्जित हुने चुनौतीको व्यवस्थापनमा राष्ट्र बैंकको दोहोरो जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “एकातर्फ वित्तीय स्थायित्व, सुरक्षित भुक्तानी तथा ग्राहक संरक्षण सुनिश्चित गर्नुपर्नेछ भने अर्कोतर्फ वित्तीय प्रविधि र नवप्रवर्तनको विकाससँगै जोडिएका नयाँ जोखिम तथा चुनौतीको व्यवस्थापन पनि गर्नुपर्नेछ।” साथै, यस क्षेत्रको विकासका लागि नेपाल सरकार, नियामक निकाय, बैंक तथा वित्तीय संस्था र प्रविधि कम्पनीहरूबीच समन्वय हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)