भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा अख्तियारको छापा
ratopati.com · Mon Nov 02 13:18:06 UTC 2026

काठमाडौँ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा अख्तियारले छापा मारेको छ । घुस लेनदेन भइरहेको सूचनाको आधारमा सोमबार अख्तियारले नगरपालिकाको कार्यालयमा छापा मारेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले नगरपालिकाको कार्यालयमा छापा मारेको पुष्टि गरे । उनले भने, ‘केही नगद र कर्मचारीलाई पनि नियन्त्रणमा लिएका छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)