मदन, मनमोहन र ओलीको राजनीतिक विरासतसँग रवि, गगन र बालेनको नयाँ त्रिकोणको टक्कर
nepalpress.com · Mon Nov 02 13:22:24 UTC 2026

जननेता मदन मदन भण्डारी, जसले विचार र संस्कार, दिल र शील, मती, गति र सरस्वती दिएर युवा र ऊर्जाले हराभरा सिपी र केपीको झापाली समूहको विस्तारित रूप नेकपा (माले) र अनुभव र निष्ठाले टिकेको पुष्पलाल र मनमोहन समूहको एकीकृत पार्टी नेकपा (मार्क्सवादी) मिलाएर एक अर्को हिमालय आजको नेकपा (एमाले) लाई बलियो गजमा उभ्याउनु भयो । महामानव मनमोहन अधिकारी जसलाई राज्यको ढुकुटी र जनताको चिसो चुलो जोड्ने सेतु र सामाजिक न्यायको आन्दोलनका न्यायमूर्ति भन्दा अत्युक्ति हुनेछैन ।
मदनको वैचारिक, सङ्गठनात्मक, राजनीतिक र जनतासँगको सोझो सम्वादले खडा गरेको धरातल र मनमोहनको राजकीय ढुकुटी र जनताका चिसा चुला जोड्ने जनप्रिय सरकार प्रमुखको महानायकीय भूमिका, यसले जगाएको युवा आन्दोलन, जागेका जनता र साँचो अर्थमा आएको जनताको जनताको युग, यही जनताको सुनौलो युग सिद्ध्याउन गरिएका युगदेखि युगसम्मका हर्कतहरु र यसका विरुद्ध लौह पुरुष केपी शर्मा ओली प्रेरित एमालेले सचेत, सङ्गठित र व्यवस्थित ढङ्गले लिने टक्कर नै आजको नेपाली राजनीतिको चुरो हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)