बाख्रा चोरीको आरोपमा दुई जना पक्राउ
ratopati.com · Mon Nov 02 13:22:27 UTC 2026

विराटनगर। मोरङको विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट बाख्रा तथा खसी चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने ३६ वर्षीय प्रकाश राजवंशी र सोही ठाउँका २४ वर्षीय श्याम राजवंशी रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनीहरूले गत कात्तिक ११ गते राति विराटनगर–४ स्थित एक घरबाट १ वटा खसी र १ वटा बाख्रा चोरी गरेका थिए। त्यस्तै, कात्तिक १४ गते राति विराटनगर–३ स्थित अर्को घरबाट १ वटा खसी र १ वटा बाख्राको पाठा गरी जम्मा ४ वटा बाख्राहरू चोरी गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)