मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगिताः काठमाडौँ र सुनसरीको विजयी सुरुवात

rajdhanidaily.com · Mon Nov 02 13:05:05 UTC 2026

सङ्खुवासभा । सङखुवासभाको खाँदबारी नगरपालिका –३ मानेभञ्याङमा सङ्खुवासभा गोल्डकप फुलटबल प्रतियोगिता सुरु भएको छ । एडभान्स क्लव मानेभञ्याङको आयोजनामा संखुवासभा गोल्डकप फुलटबल प्रतियोगिता महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङको खेल मैदानमा सोमबार देखि सुरु भएको छ । सङ्खुवासभा गोल्डकप प्रतियोगिताका उद्घाटन खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले गरेका हुन् ।

सङ्खुवासभा गोल्डकप प्रतियोगिताको पहिलो दिन भएको खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ र न्यू स्टार क्लव सुनसरीको विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा आयोजक एड्भान्स क्लब मानेभञ्ज्याङलाई न्यू स्टार क्लब सुनसरीले ट्राइब्रेकरमा पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट गोलरहित बराबरी भएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । ट्राइब्रेकरमा न्यू स्टारले ५–३ गोल अन्तरले जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)