स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक गम्भीर घाइते
nepalpress.com · Mon Nov 02 13:30:06 UTC 2026

रुपन्देही । कपिलवस्तुमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते र एक जनाको मृत्यु भएको छ । सोमबार साँझ कपिलवस्तु नगरपालिका–६ थुनुवा चोकस्थित जितपुर–तौलिहवा सडकखण्डमा स्काई लार्क बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताए ।
ओदारीबाट तौलिहवातर्फ आउँदै गरेको लु १ ख ८६४३ नम्बरको स्कुल बसले थुमुवा गाउँबाट राजमार्गतर्फ निस्कँदै गरेको यूपी ५५ एल ०४८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)