मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतको मध्यप्रदेशमा एकै परिवारका दुई बालबालिकासहित चार जनाको शव फेला, रेलवे ट्र्याकमा छोराद्वारा आत्महत्या

bishowkhabar.com · Mon Nov 02 13:27:09 UTC 2026

काठमाडौं- भारतको मध्यप्रदेश राज्यको राजधानी भोपालस्थित मालीखेडी क्षेत्रमा सोमबार एकै परिवारका चार सदस्यको हत्या भएको घटना सार्वजनिक भएको छ । मृतकमा ५० वर्षीया महिला, उनकी बुहारी र दुई बालबालिका रहेका छन् । बालबालिकाको उमेर १० वर्ष र ६ वर्ष रहेको छ ।

त्यस्तै परिवारका छोरा नरेन्द्रको शव रेलवे ट्र्याकमा फेला परेको छ। प्रहरीले प्रारम्भिक रूपमा नरेन्द्रले पहिले परिवारका चारै सदस्यको हत्या गरेर त्यसपछि रेलअगाडि हाम फाली आत्महत्या गरेको आशंका गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)