मालपोत कार्यालयमा काम गर्ने कर्मचारीको ९ करोड बढी गैरकानुनी सम्पत्ति, ६ करोड २५ लाख आम्दानी, खर्च तथा लगानी १५ करोड ९८ लाख
aarthiknews.com

काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालयमा कार्यरत रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रूपमा ९ करोड ७२ लाख रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेको आरोपमा यदुनाथ आचार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आचार्यसहित उनकी श्रीमती ललिता राजभण्डारी र अन्य व्यक्तिहरूलाई प्रतिवादी बनाउँदै २०८३ कात्तिक १६ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। आचार्यमाथि गैरकानुनी सम्पत्ति आर्जन गर्नुका साथै त्यसबाट प्राप्त रकम विभिन्न व्यक्ति, बैंक खाता, जग्गा कारोबार, कम्पनीमा लगानी तथा सेयर खरिदबिक्रीमार्फत लुकाएर सम्पत्ति शुद्धीकरण गरेको आरोपसमेत लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)