मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल

kendrabindu.com · Mon Nov 02 13:48:25 UTC 2026

कर्णाली । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तीव्र तयारी भइरहेको जानकारी दिनुभएको छ । प्रतियोगिता आउन बाँकी ३० दिनको ‘काउन्टडाउन’को शुभारम्भ गर्दै सङ्घ, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको आवश्यक समन्वय, सहकार्य एवं संयोजनमा प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन तथा स्रोत परिचालन भएको बताए ।

मन्त्री पोखरेलले भने “खेलुकद प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्नु हामी सबैको साझा दायित्व हो । यसमा सबै क्षेत्र र तहका सरोकार भएका निकाले आफ्नो भूमिका इमान्दरीपूर्वक निर्वाह गर्नुपर्छ । खेलकुद क्षेत्रको महामेला कर्णालीमा सञ्चालन हुने भएकाले प्रदेश तथा स्थानीय सरकारले विशेष महत्त्व दिएर आफ्नो जिम्मेवारी पूरा गर्नेमा आफू विश्वस्त छु ।” अब प्रचारप्रसारका कामलाई व्यापक बनाउँदै लैजाने जनाउँदै सङ्घ सरकार प्रतियोगिता सम्पन्नताका लागि प्रतिबद्ध भएर अगाडि बढेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)