नर्सलाई हातपात गरेको आरोपमा बिरामी कुरुवा पक्राउ
barnanmedia.com · Mon Nov 02 14:02:13 UTC 2026

पर्वतको कुश्मास्थित प्रदेश अस्पतालमा कार्यरत एक जना नर्समाथि हातपात गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कुश्मा नगरपालिका–२ खुर्कोट बस्ने वर्ष २७ का दिपक शर्मा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार अस्पतालको अन्तरंग शाखामा कात्तिक १५ गते राति बिरामी कुरुवाको रुपमा रहेका शर्माले मादक पदार्थ सेवन गरी अस्वभाविक हर्कत देखाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)