६८ रोपनीमा गाँजा नष्ट
gorkhapatraonline.com · Mon Nov 02 14:15:35 UTC 2026

जिल्ला प्रहरी कार्यालय र मताहतका प्रहरी चौकीले नयाँ आर्थिक वर्षको साउन महिनादेखि कात्तिक १० गतेसम्म ६८ रोपनी बाँझो जग्गामा उम्रिएको गाँजा नष्ट गरेको छ । लागु औषध दुर्व्यसनभित्र गाँजा पर्ने भएको कारण जिल्ला प्रहरी कार्यालय र मताहतका प्रहरी चौकीहरुले उक्त गाँजा नष्ट गरेको हो ।
अभियानका रुपमा सञ्चालन गरिएको कार्यक्रमबाट ६८ रोपनी बाँझो जग्गामा आफै उम्रिएको गाँजा नष्ट गर्न प्रहरी सफल भएको प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताउनुभयो । यो कार्य जिल्ला प्रहरी कार्यालय र जिल्लाका अन्य सोह्र वटा प्रहरी चौकीले गरेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरीहरुले साउन महिनायता दैनिकजसो बाहिर निस्केर गाँजा नष्ट गर्ने कार्य गर्दै आएको छ । यो अभियानबाट हालसम्म ७३ हजार ९१० बोट गाँजा नष्ट गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)