मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

स्विट्जरल्याण्डको स्विस नेशनल काउन्सिलका राष्ट्रपति नेपाल भ्रमणमा

khabarhub.com · Mon Nov 02 14:21:48 UTC 2026

काठमाडाैँ – स्विट्जरल्याण्डको स्विस् नेशनल काउन्सिलका राष्ट्रपति ६ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन्। संघीय संसद, प्रतिनिधि सभाका सभामुखको औपचारिक निमन्त्रणामा नेपाल आएका उनी कतार एयरको क्यूआर ६४८ नम्बरको उडानमार्फत काठमाडौँ अवतरण गरेका हुन् ।

नेपाल भ्रमणको पहिलो दिन नै प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधि सभाका सभामुख देवप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेटघाट गरेको छ । उक्त भेटका क्रममा नेपालले बेहोरेको पछिल्लो प्राकृतिक विपद्पछिको पुनर्निर्माण, दुई देशबीचको पारस्परिक सम्बन्ध तथा संसदीय हितका विविध विषयमा महत्वपूर्ण छलफल भएको संघीय संसद सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)