मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदै, पुस १ देखि लागू हुने

ratopati.com · Mon Nov 02 14:27:33 UTC 2026

काठमाडौँ। स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने, नवीकरण गर्ने तथा स्वास्थ्य बीमा सेवा प्राप्त गर्ने प्रयोजनका लागि आगामी २०८३ साल पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ।

स्वास्थ्य बीमा बोर्ड, बबरमहलले बोर्डको मिति असाेज १२ को निर्णयअनुसार उक्त व्यवस्था लागू गर्न लागेको हो। नेपाल सरकार, गृह मन्त्रालयले २०८१ असार १० गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी २०८२ साउन १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)