भारतका विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउँदै
khabarhub.com · Mon Nov 02 15:21:00 UTC 2026

काठमाडौं – परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राइको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।
भ्रमणका क्रममा परराष्ट्र सचिव राइले भारतका विदेश सचिव मिस्रीसँग द्विपक्षीय छलफल गर्नुहुने परराष्ट्र मन्त्रालय जनाएको छ । छलफलमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)