मालपोतका कर्मचारी विरुद्ध ९ करोड ७२ लाख भ्रष्टाचार मुद्दा
canadanepal.com · Mon Nov 02 15:12:18 UTC 2026

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारी यदुनाथ आचार्य विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगले आचार्यले नौ करोड ७२ लाख ७१ हजार ९८९ रूपैयाँ ८३ पैसा बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी गरेको छ।
आचार्य २०५४ माघ २ गते खोटाङ जिल्ला विकास समितिमा गा.वि.स. सचिवका रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए। आयोगले २०८० मंसिर २१ गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरेको थियो। अनुसन्धानका क्रममा आचार्य र उनको परिवारको सो अवधिमा कुल आम्दानी ६ करोड २५ लाख ६३ हजार ३४५ रूपैयाँ ४८ पैसा देखिएको छ। तर, सोही अवधिमा उनीहरूको खर्च तथा लगानी १५ करोड ९८ लाख ३५ हजार ३३५ रूपैयाँ ३१ पैसा रहेको पाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)