मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनकोशी–मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

canadanepal.com · Mon Nov 02 15:15:00 UTC 2026

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया संशोधित ऐन तथा नियमावलीअनुसार तत्काल अघि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको बैठकले कानुनी प्रक्रिया पूरा गरी आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो। बैठकमा मन्त्रालयले आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)