बुद्ध एयरको टायर पञ्चर, राजविराजमा यात्रु अलपत्र
gorkhapatraonline.com · Mon Nov 02 15:21:26 UTC 2026

ते । बुद्ध एयरको जहाजको टायर पञ्चर भएपछि सोमबार राजविराज विमानस्थलबाट काठमाडौँ जाने यात्रु घण्टौँसम्म विमानस्थलमै रोकिएका छन् । निर्धारित समयभन्दा साढे तीन घण्टा ढिलो राजविराज आइपुगेको जहाज अवतरणपछि पञ्चर हुँदा यात्रु थप समस्यामा परेका हुन् ।
सोमबार दिउँसो २ बजे राजविराज आइपुग्नुपर्ने जहाज काठमाडौँ विमानस्थलको हवाई चाप र प्रतिकूल मौसमका कारण साँझ ५ः३० बजे मात्रै राजविराज पुगेको थियो । यात्रु ओर्लिएपछि जहाजको टायर पञ्चर भएको जानकारी गराइएपछि काठमाडौँ जान प्रतीक्षारत यात्रु अन्योलमा परेका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)