मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

canadanepal.com · Mon Nov 02 15:40:51 UTC 2026

काठमाडौं – सन् २०२६ को अक्टोबरमा एक लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार गत वर्षको अक्टोबर महिनाको तुलनामा यसवर्ष चार हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

बोर्डका अनुसार सबैभन्दा बढी १७ हजार ४३७ अमेरिकी पर्यटकको आगमन भएको हो । अघिल्लो वर्ष यसै महिनामा १३ हजार २८६ अमेरिकी पर्यटक आएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)