धनगढी उपमहानगरले १६३ ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शनका लागि पठायो
barnanmedia.com · Mon Nov 02 15:27:00 UTC 2026

कैलालीको धनगढी उपमहानगरपालिकाले ‘मुक्तिनाथ दर्शन’ कार्यक्रमअन्तर्गत १६३ ज्येष्ठ नागरिकलाई दर्शनका लागि त्यसतर्फ पठाएको छ । धार्मिक पर्यटन प्रवर्द्धनसँगै ज्येष्ठ नागरिकलाई तीर्थयात्राको अवसर प्रदान गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रमको निरन्तरता दिई आज ज्येष्ठ नागरिकलाई त्यसतर्फ पठाइएको नगरपालिकाले जनाएको छ ।
उपमहानगर प्रमुख गोपाल हमालले आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको कार्यक्रमअन्तगर्त आज तीर्थयात्रीको टोलीलाई बिदाइ गरिएको बताउनुभयो । उहाँले उमेर र अन्य कारणले बाहिर जान नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको भन्दै यसले धार्मिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)