तिहारमा पोखरामा २ करोडभन्दा बढीको फूल कारोबार हुने
ratopati.com · Mon Nov 02 15:52:05 UTC 2026

पोखरा । यस वर्षको तिहारमा पोखरामा मात्रै २ करोड भन्दा बढीको फूलको कारोबार हुने आकलन गरिएको छ । फूल र बत्तिको पर्व तिहारलाई लक्षित गरी फूल र मालाको तयारी किसानहरूले गरिरहेका छन् ।
पोखरा महानगरपालिकाले फूलको बढ्दो मागलाई लक्षित गरी व्यावसायिक किसानलाई खेतीमा आकर्षित गर्न थालेको छ । यो वर्ष पोखराको बजारमा खपत हुने फूलमध्ये करिब ७० प्रतिशत स्थानीय उत्पादनले नै धान्ने महानगरपालिकाको दाबी छ । बाँकी ३० प्रतिशत फूल छिमेकी जिल्ला र आसपासका पालिकाबाट आपूर्ति हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)