वार्नर र राजाको डेब्युदेखि रदरफोर्डको प्रशंसा, सोमबार एनपीएलमा के–के भयो ?
ratopati.com · Mon Nov 02 16:14:09 UTC 2026
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार दुई खेल भए । दुवै खेलमा लक्ष्य पछ्याउने टोली विजयी भए । पहिलो खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गर्यो भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गर्यो ।
सोमबारका दुवै खेलको नतिजाले प्रतियोगिताको अंक तालिकामा मात्रै प्रभाव पारेन, टोलीहरूको लय र खेलाडीहरूको प्रदर्शन पनि चर्चामा रह्यो । काठमाडौँका लागि कप्तान करण केसीको आक्रामक ब्याटिङ जितको आधार बन्यो भने सुदूरपश्चिमका ब्रान्डन म्याकमलेनले छोटो तर प्रभावशाली इनिङ्स खेले ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)