मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतका विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउँदै

reportersnepal.com · Mon Nov 02 16:12:25 UTC 2026

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राइको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

भ्रमणका क्रममा परराष्ट्र सचिव राइले भारतका विदेश सचिव मिस्रीसँग द्विपक्षीय छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । छलफलमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)