सूचनाको हक कार्यान्वयनबारे दुईदिने कार्यशाला
gorkhapatraonline.com · Mon Nov 02 16:28:09 UTC 2026

बागमती प्रदेश सूचना पुनरावेदन समितिको आयोजनामा सूचनाको हक कार्यान्वयन र व्यवहारिक पक्षबारे दुईदिने क्षमता अभिवृद्धि तालिम तथा कार्यशाला सोमबारदेखि हेटौँडामा सुरु भएको छ । तालिममा प्रदेशका सरकारी कार्यालयका प्रवक्ता, सूचना अधिकारी तथा अन्य कर्मचारीको सहभागिता रहेको छ ।
कार्यशालामा सूचना पुनरावेदन समितिको परिचय, काम, कर्तव्य र अधिकार, सूचना माग तथा पुनरावेदनसम्बन्धी घटनाको अभ्यास र सूचनाको हकको कार्यान्वयनका व्यवहारिक पक्षबारे प्रशिक्षण दिइएको छ । यस्तै, मिडिया व्यवस्थापन, सङ्कटकालीन सञ्चार, साइबर अपराध, सामाजिक सञ्जालमा फैलिने मिथ्या सूचना तथा अफवाहको पहिचान र सरकारीस्तरबाट तत्काल तथ्यजाँच गर्ने तरिकाबारे पनि प्रशिक्षण दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)