मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बागलुङमा ९९.३६ प्रतिशत किशोरीले लगाए एचपीभी खोप

lokaantar.com

बागलुङमा चालु आर्थिक वर्षमा पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप अभियानको लक्ष्य करिब पूरा भएको छ। जिल्लाका १० स्थानीय तहका दुई हजार १९६ किशोरीलाई खोप लगाउने लक्ष्य रहेकामा दुई हजार १८२ जनाले खोप लगाएका छन्।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार लक्षित किशोरीमध्ये ९९.३६ प्रतिशतले खोप पाएका हुन्। दुई चरणमा सञ्चालन गरिएको अभियानबाट लक्ष्यनजिक पुगिएको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)