मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेची करिडोरको बेलासे–सोमबारे सडक खण्डमा यातायात बन्द

gorkhapatraonline.com · Mon Nov 02 16:57:12 UTC 2026

मेची करिडोर सडक अन्तर्गत इलामको बेलासे–सोमबारे–गोदामधारा सडक खण्डमा सडक निर्माण तथा मर्मत सम्भारको कामका लागि केही दिन यातायात बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय इलामले सूचना जारी गर्दै उक्त सडक खण्डमा सवारी आवागमन बन्द रहने जानकारी दिएको हो । सडक डिभिजन कार्यालय इलामको पत्रअनुसार सडक निर्माण कार्यलाई सहज बनाउन सवारी साधनको प्रकार अनुसार फरक–फरक समय निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो । सूचना अनुसार साना सवारी साधनका लागि भोलि कात्तिक १७ र १८ गते दुई दिन सडक पूर्ण रूपमा बन्द रहनेछ भने ठूला सवारी साधनका लागि कात्तिक १७ गते देखि २० गतेसम्म आवागमन बन्द गरिने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)