बाबरी मस्जिद निर्माणको विषयले पश्चिम बंगालमा तनाव, ६ डिसेम्बरमा राजमार्ग अवरुद्ध गर्ने हुमायुँ कबिरको चेतावनी
annapurnapost.com · Mon Nov 02 17:10:39 UTC 2026

काठमाडौं । भारतको पश्चिम बंगालस्थित मुर्शिदाबाद जिल्लाको बेलडांगा क्षेत्रमा बाबरी मस्जिद निर्माण गर्ने योजनालाई लिएर राजनीतिक तनाव बढेको छ । मस्जिद निर्माणको काम आगामी डिसेम्बर ६ देखि सुरु गर्ने घोषणा गरेका आम जनता उन्नयन पार्टी (एजेयूपी) का अध्यक्ष तथा नौदाका विधायक हुमायुँ कबिरले सोही दिन राष्ट्रिय राजमार्ग–३४ अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।
हिन्दुस्तान न्युजका अनुसार कबिरले प्रशासनले रोक्न सक्ने भए रोक्न चुनौती दिँदै आफूहरू कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् । उनले ६ डिसेम्बरमा रेजिनगरदेखि बहरामपुरसम्म करिब ३० किलोमिटर लामो राष्ट्रिय राजमार्ग–३४ आफ्ना समर्थकको नियन्त्रणमा रहने दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)