मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिँदै

ratopati.com · Mon Nov 02 17:33:47 UTC 2026

बाँके । नेपालगन्जस्थित वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिने भएको छ । सडक दुर्घटना वा आकस्मिक चोटपटकका गम्भीर घाइतेको विशेषज्ञ उपचार सेवा प्रवाह गराउने उद्देश्यले वेस्टर्नलाई ट्रमा सेन्टरका रूपमा विकास गर्न लागिएको हो ।

पश्चिम नेपालमा हाडजोर्नी उपचारमा ख्याति कमाएको अस्पतालले अब आफ्नो सेवालाई थप विशिष्टीकृत बनाउँदै ट्रमा उपचार केन्द्रका रूपमा स्थापित गर्ने कार्य सुरु गरेको अस्पतालका निर्देशक डा राहुल थापाले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)