मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपद्का बेला नेपाल टेलिकमलाई तयारी अवस्थामा राख्नुपर्छः मन्त्री डा. तिमिल्सिना

gorkhapatraonline.com · Mon Nov 02 17:33:15 UTC 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विपद्को समयमा नेपाल टेलिकमलाई तयारी अवस्थामा राख्नुपर्ने बताउनुभएको छ ।

गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण अवरुद्ध भएको दूरसञ्चार सेवा छिटो पुनःस्थापना गर्न योगदान गर्ने कर्मचारीलाई सम्मान गर्न सोमबार आयोजित कार्यक्रममा उहाँले विपद्का बेला पाँच सेकेण्डअघि खबर पाउनेको जीवन बचेकाले दूरसञ्चार सेवालाई तयारी अवस्थामा राखिनुपर्नेमा जोड दिनुभयो । सबै सरोकार भएका सङ्घसंस्थाबिचको सहकार्य र समन्वयमा काम गरेकाले बाढी प्रभावित क्षेत्रमा छिटो दूरसञ्चार सेवा सञ्चालन गर्न सकिएको उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)