मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बडीमालिकामा मृत फेला परेका युवकको शव हेलिकप्टरमार्फत मार्तडी ल्याइयो

ratopati.com · Mon Nov 02 17:41:16 UTC 2026

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा ज्यान गुमाएका युवकको शव हेलिकप्टरमार्फत मार्तडी ल्याइएको छ । कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहराको शव सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याइएको हो ।

बडीमालिकामा भारी हिमपातपछि गत शुक्रबारदेखि सम्पर्कविहीन भएका बोहरा आइतबार दिउँसो त्रिवेणी पाटन नजिकै मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराका अनुसार मृतक बोहराको शव सदरमुकाम ल्याई परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)