परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि बेलायती राजदूत फेनको भेटवार्ता
gorkhapatraonline.com · Mon Nov 02 17:58:53 UTC 2026

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबिच नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटका अवसरमा दुवै पक्षबिच जलवायु परिवर्तन, जलवायु वित्त, उत्थानशील आर्थिक विकास तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) लगायत विषयमा सहयोग र सहकार्यबारे छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)