अमेरिकाले आफ्ना माग पूरा गरे दुई दिनभित्र होर्मुज खोल्न सकिने इरानको भनाइ
ratopati.com · Mon Nov 02 18:40:49 UTC 2026

काठमाडौँ । अमेरिकाले इरानका ‘वैध’ माग पूरा गरेमा दुई दिनभित्र ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न सकिने इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार बताएका छन् ।
तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बाघाईले मध्यस्थकर्तामार्फत इरान र अमेरिकाबीच हुने कुनै पनि अप्रत्यक्ष वार्ताको आधार तेहरानले गत सेप्टेम्बरमा प्रस्ताव गरेको सात दिने योजना हुने बताए । इरानले आफ्नो सद्भावनाको सङ्केत स्वरूप उक्त योजनाको कार्यान्वयन अवधि घटाएर दुई दिनमा झारेको पनि उनले उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)