बागलुङका किशोरीलाई एचपिभी खोपको लक्ष्य पूरा
ratopati.com · Mon Nov 02 19:13:19 UTC 2026

बागलुङ । बागलुङमा चालु आर्थिक वर्षमा किशोलीलाई लगाउने एचपिभी खोपको लक्ष्य पूरा भएको छ । बागलुङका १० स्थानीय तहका दुई हजार १९६ किशोरीलाई खोप लगाउने लक्ष्य रहेकामा ९९ दशमलव ३६ प्रतिशतले खोप पाएका हुन् ।
दुई हजार १८२ किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाएका प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । उनका अनुसार दुई चरणमा लगाइएको खोप अभियानको लक्ष्य पूरा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)