सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता आयोजना हुँदै
ratopati.com · Mon Nov 02 19:25:02 UTC 2026

कञ्चनपुर । महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर ५ देखि ७ गतेसम्म ह्याकाथन आयोजना गर्न लागेको जनाएको हो ।
क्लबका अध्यक्ष जेलिना भट्टले सूचना प्रविधि, नवप्रवर्तन र प्राविधिक विकाससँग सम्बन्धित गतिविधि बढाउन ह्याकाथन आयोजना गर्न लागिएको जानकारी दिइन् । उनका अनुसार ह्याकाथनमा स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, साइबर सुरक्षा, फिनटेक, कृत्रिम बुद्धिमत्ता (एआई) लगायत आठ वटा ट्र्याकमा विद्यार्थीले आफ्ना समाधान बनाउने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)