धनगढीको फूलबारीमा आधारभूत नगर अस्पताल सञ्चालनमा
ratopati.com · Mon Nov 02 19:30:00 UTC 2026

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–१८ मा फूलबारी नगर अस्पताल सञ्चालनमा ल्याएको छ । सोमबार यहाँ आयोजित एक समारोहमा १५ शय्यासहित आधारभूत अस्पताल सेवा शुभारम्भ गरिएको हो ।
कार्यक्रममा उपमहानगर प्रमुख गोपाल हमालले नगर अस्पताल सञ्चालनपछि त्यस क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न उल्लेख्य टेवा पुग्ने विश्वास गरे । उनले आफू नेतृत्वमा आइसकेपछि ग्रामीण क्षेत्रमा स्वास्थ्य, शिक्षालगायत पूर्वाधार स्थापना गरी नागरिकको घर आँगनमा सेवा विस्तार गर्न जोड दिइरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)