खेलकुदमन्त्री पोखरेल थाइल्यान्ड जाने, एन्फाको निलम्बन फुकुवाका लागि वार्ता हुने
barnanmedia.com · Mon Nov 02 23:05:28 UTC 2026
एसियाली फुटबल महासंघ (एएफसी) को आयोजनामा हुने एएफसी अवार्ड्समा सहभागी हुन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल थाइल्यान्ड जाने भएका छन् । एएफसीको निमन्त्रणामा मन्त्री पोखरेल थाइल्यान्ड जान लागेको राखेप स्रोतले जनाएको छ ।
एएसफसी अवार्ड्स १९ नोभेम्बरमा थाइल्यान्डको बैंककमा हुँदैछ । अवार्डमा सहभागी हुने मन्त्री पोखरेलले एन्फा निलम्बन फुकुवाका लागि एएफसी र फिफासँग वार्ता गर्ने कार्यक्रम तय भएको छ । वार्तामा एएफसी र फिफाका उच्च पदाधिकारी र नेपालको तर्फबाट मन्त्रीसहितका केही प्रतिनिधि सहभागी हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)