बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै
ratopati.com · Mon Nov 02 23:10:31 UTC 2026

बागलुङ । बागलुङमा गण्डकी प्रदेश सरकारले एकै पटक १५ वटा बेलिब्रिज निर्माण गर्ने भएको छ । पक्की पुलको अभावमा वर्षायाममा सवारी आवागमनमा समस्या हुँदै आएका ग्रामीण सडकका साना तथा मझौला खोलामा बेलिब्रिज निर्माण गर्न लागिएको हो ।
चालु आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालय बागलुङमार्फत बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि प्रत्येक पुलमा रु ४० लाखका दरले बजेट विनियोजन भइसकेको गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीत शेरचनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)