शुक्लागण्डकीमा अजिङ्गर भेटियो
barnanmedia.com · Mon Nov 02 23:10:13 UTC 2026

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ सुन्दरी गाउँमा सोमबार साँझ घरभित्रै अजिङ्गर फेला परेको छ ।
स्थानीय नेत्रबहादुर रानाको कच्ची घरको धुरीमा अजिङ्गर देखिएपछि प्रहरी र वन कार्यालयको टोलीले उद्धार गरेको हो । रानाको घरको धुरीमा अजिङ्गर रहेको खबर इलाका प्रहरी कार्यालय बेलचौतारामा प्राप्त भएको थियो । खबर प्राप्त हुनासाथ कोत्रे प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेलको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)