एनपिएलले बढायो आर्थिक गतिविधि
gorkhapatraonline.com · Tue Nov 03 00:13:33 UTC 2026
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एनपिएलको तेस्रो संस्करणले आर्थिक कारोबार थप चलायमान बनाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा जारी एनपिएलले खेल क्षेत्र मात्र नभई समग्र आर्थिक क्षेत्रकै गतिविधि बढाएको हो । एनपिएलले होटल, पर्यटन, खेलकुद सामाग्री र विज्ञापन बजारलाई समेत चलायमान बनाउन ठुलो भूमिका खेलेको छ ।
आठ फ्रेन्चाइज टोली, स्वदेशी तथा विदेशी खेलाडीको सहभागिता, प्रायोजक संस्थाको लगानी, प्रसारण अधिकार र टिकट बिक्री आदिबाट प्रतियोगितामा डेढ अर्ब रुपियाँभन्दा बढीको प्रत्यक्ष आर्थिक कारोबार हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । (क्यान) का कोषाध्यक्ष पदम खड्का एनपिएलको तेस्रो संस्करणमा अघिल्ला प्रतियोगिताको तुलनामा धेरै आर्थिक कारोबार हुने बताउनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)