मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दी, पर्वत र बागलुङका विपद् प्रभावितलाई करिब १७ लाख राहत

bishowkhabar.com · Tue Nov 03 00:19:17 UTC 2026

काठमाडौं – म्याग्दी, पर्वत र बागलुङमा बाढीपहिरोका कारण आफन्त गुमाएका परिवार, प्रभावित बस्ती तथा स्थानीय तहका विपद् व्यवस्थापन कोषमा करिब १७ लाख रुपैयाँ राहत सहयोग उपलब्ध गराइएको छ ।

पुनमगर समाज नेपाल र बेलायतको सहकार्यमा सङ्कलन गरिएको १६ लाख ७४ हजार ३७५ रुपैयाँ सोमबार प्रभावित परिवार तथा समुदायलाई वितरण गरिएको हो । समाजका योगकुमार फगामीका अनुसार म्याग्दीमा बाढीपहिरोमा ज्यान गुमाएका ११ जनाका परिवारलाई जनही २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको छ । यसका लागि पुन मगर समाज यूकेले दुई लाख २५ हजार र नेपाल पुन मगर समाज केन्द्रले ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)