सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पत्र
ratopati.com · Tue Nov 03 00:38:28 UTC 2026

प्रिय प्रयोगकर्ताज्यूहरू, नमस्कार।
आज यो पत्र लेखिरहँदा म तपाईँहरूलाई कुनै उपदेश दिन वा सामाजिक सञ्जालको न्यायाधीश बनेर निर्णय सुनाउन लागेको होइन। केवल एउटा नागरिकको नाताले आफ्ना केही मनका कुरा राख्न खोज्दैछु। म पनि तपाईँहरूजस्तै हरेक दिन स्क्रिनको कृत्रिम उज्यालोमा आफ्ना औँलाहरू चलाइरहन्छु। अरूका खुसीमा मुस्कुराउने गर्छु। तर त्यही स्क्रिनभित्र देशका जल्दाबल्दा समस्याबारे केही प्रस्तुतकर्ताहरूले सत्यलाई तोडमोड गरी भ्रम फैलाएको देख्दा मन खिन्न हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)