मौसम खुलेपछि किसानलाई धान भित्र्याउन चटारो
hamrakura.com · Tue Nov 03 00:00:00 UTC 2026

काठमाडौँ। निरन्तरको वर्षापछि मौसममा सुधार आएपछि भोजपुरका किसानलाई धानबाली भित्र्याउने तीव्र चटारो परेको छ। बेमौसमी वर्षाका कारण केही दिन रोकिएको धान काट्ने र थन्क्याउने काम मौसम सफा भएसँगै पुनः सुरु भएको हो।
धान पाकेर पहेँलपुर भएको खेतमा बेमौसमी वर्षाले धान भित्र्याउने काम प्रभावित बनाएको थियो। अहिले किसान बिहानैदेखि खेतमा पुगेर धान काट्ने, मुठा बाँध्ने, सुकाउने र भण्डारण गर्ने काममा जुटेका छन्। गाउँघरमा ज्यामी (खेतला) पाउन मुस्किल परेपछि धेरैजसो ठाउँमा अर्मपर्म गरेर धान थन्क्याउने काम भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)