हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईको मौसम सफा रहने
lokaantar.com

देशका हिमाली र पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षा हुने सम्भावना रहेको छ । तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले लुम्बिनी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली भएको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)