मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कस्तो हुनेछ आजको मौसम ?

kendrabindu.com · Tue Nov 03 00:44:41 UTC 2026

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना रहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराईको भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।

हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागले राति मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका सबै भूभागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्ने बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)