८० वर्षे वृद्धको सुपारीखेती
onlinekhabar.com · Tue Nov 03 00:35:25 UTC 2026

१७ कात्तिक, सुनसरी । उमेरले ८० वर्ष पुगेका इनरुवा नगरपालिका–४ महेन्द्र चोकका गोविन्दबहादुर कार्कीको जाँगर भने अझै तन्नेरीको जस्तै छ । उनी बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा समय बिताउँछन् । डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको सुपारी बगानको चिटिक्क परेको स्वरूपले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ ।
लहरै लाइन मिलाएर रोपिएका सुपारीका बिरुवा, व्यवस्थित र सफा बगान प्रत्येक बोटको फेदमा रङ्ग्याइएको सेतो चुनले बगानलाई थप आकर्षक बनाएको छ । पुर्ख्यौली रूपमा खेतीकिसानी गर्दै आएका कार्कीले १५ वर्षअघि रहरले सुरु गरेको सुपारीखेती अहिले आम्दानीको राम्रो स्रोत बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)