युक्रेनमा फेरि आक्रमण, २४ जनाको मृत्यु
kendrabindu.com · Tue Nov 03 01:05:39 UTC 2026

काठमाडौं । सोमबार दक्षिणी युक्रेनको जापोरिजियामा रुसले हवाई आक्रमण गर्दा २४ जनाको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार आक्रमण कोमिसुवाखा बस्तीमा गरिएको हो, जहाँ एउटा विद्यालयमा वितरण केन्द्र सञ्चालन थियो र नजिकै आश्रयस्थल पनि थियो।
जेलेन्स्कीले सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै आक्रमणमा दुई राहतकर्मी र चार प्रहरी पनि मारिएको उल्लेख गरेका छन्। अक्टोबर २९ मा मात्र युक्रेनको तेस्रो ठुलो सहर डिनिप्रोको रेलवे स्टेसनमा रुसले ड्रोन प्रहार गर्दा कम्तीमा १४ जना मारिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)