मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाल स्विट्जरल्यान्डसँग सहकार्य गर्न उत्सुक

gorkhapatraonline.com · Tue Nov 03 01:19:00 UTC 2026

काठमाडौँ, कात्तिक १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधान गर्न नेपाल स्विट्जरल्यान्डसँग सहकार्य गर्न उत्सुक रहेको बताउनुभएको छ । राष्ट्रपतिसमक्ष नेपाल भ्रमणमा रहेको स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलले राष्ट्रपति भवन शीतल निवासमा सोमबार गरेको शिष्टाचार भेटमा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

“नेपालको शान्ति प्रक्रियामा स्विट्जरल्यान्ड सरकारको निरन्तर सहयोग हाम्रा लागि निकै महत्वपूर्ण छ । नेपालको लोकतन्त्र, सङ्घीयता, स्थानीय शासन तथा सामाजिक आर्थिक विकासलाई सुदृढ गर्न स्विट्जरल्यान्डले लामो समयदेखि गर्दै आएको सहयोगको म प्रशंसा गर्दछु,” भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)