फेयरफिल्डमा बिसिसीको ‘दशैँ-तिहार साँझ २०२६’ को भव्यता, साङ्गीतिक प्रस्तुतिले उत्सवमय वातावरण, मार्मिक गीति नाटकले रसाए दर्शकका आँखा
kalakarmi.com · Tue Nov 03 01:09:53 UTC 2026

फेयरफिल्ड, ओहायो- नेपाली भाषा, साहित्य, कला, सङ्गीत तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा क्रियाशील भुट्निस कम्युनिटी अफ सिन्सिनाटी (बिसीसी) को आयोजनामा शनिवार, फेयरफिल्डस्थित Fairfield Community Arts Center मा ‘दशैँ–तिहार साँझ २०२६’ भव्य रूपमा सम्पन्न भएको छ ।
दोस्रो वर्षमा प्रवेश गरेको यस सांस्कृतिक उत्सवमा फेयरफिल्ड सहरका मेयरको विशेष उपस्थिति, विविध साङ्गीतिक तथा नृत्य प्रस्तुति र नेपालीभाषी भुटानी समुदायको ऐतिहासिक यात्रामा आधारित मार्मिक गीति नाटक प्रमुख आकर्षण बने । विभिन्न पुस्ता, पेसा र सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उत्साहजनक सहभागिताले सभागृह खचाखच भरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)