मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वित्तीय सङ्घीयताबारे प्रदेश अर्थमन्त्रीहरूको छलफल

gorkhapatraonline.com · Tue Nov 03 01:32:22 UTC 2026

सुर्खेत, कात्तिक १७ गते । वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन र तीन तहका सरकारबिच वित्तीय स्रोतको बाँडफाँटमा समन्वय खोज्न छ प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीको छलफल सुर्खेतमा सुरु भएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार सुरु प्रदेश आर्थिक मामिला परिषद्को बैठकमा सुदूरपश्चिमबाहेकका छ प्रदेशका मन्त्री तथा सचिव सहभागी हुनुभएको छ । बैठकमा संविधानको मर्म र भावना अनुसार वित्तीय सङ्घीयतालाई सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबिच कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)